२०८१ मंसिर १२ , बुधवार

सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु

सुनाखरी न्युज  / काठमाडौं –  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ ।

 

प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक समूहले बुधबार बिहान लुकेर आक्रमण गर्दा सैनिक जवानले वीरगति प्राप्त गरेका सेनाको आन्तरिक सञ्चार तथा जनसम्पर्क कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सेनाले गरेको कारबाहीमा पाँच जना आतङ्ककारी पनि मारिएका छन ।

 

पाकिस्तानी सेनाले सुरक्षा बल बलुचिस्तानसहित पाकिस्तानको शान्ति सुव्यवस्थामा खलल पार्ने शत्रुका सबै घृणित प्रयासलाई विफल पार्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । रासस