२०८१ मंसिर १४ , शुक्रवार

सरकारी जग्गाको माटो बेचेर भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा

सुनाखरी न्युज /  काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गाको माटो बेच्दा अनियमितता गरेको भन्दै बिहीबार चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मुद्दा दायर हुनेमा कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं। ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना छन् ।

 

गैरकानूनी रुपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  राना र बोहरासँग सात लाख २९ हजार ५१४ रुपैयाँ, भाटसँग चार लाख ११ हजार ६०६ रुपैयाँ र विष्टसँग तीन लाख १७ हजार ९०८ रुपैयाँ बिगो दाबी गरिएको छ ।