२०८१ मंसिर १२ , बुधवार

बालबालिकालाई जहर खुवाउने शिक्षिकालाई फाँसी दिइयो

सुनाखरी न्युज / बेइजिङ – चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ। महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्य एक बालकको मृत्यु भएको आरोपमा उनलाइ फाँसी दिइएको हो। घटना २७ मार्च २०१९ को हो। २५ बालबालिकालाई ती किन्डरगार्टेन शिक्षिकाले खाजा खुवाएपछि २३ जनालाई उल्टी भई अवस्था जटिल बनेको थियो। जसमध्ये एक जना बालकको सोही घटनामा मृत्यु समेत भएको थियो।

 

सो पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो। यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो। चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षकले यो घृणित घटना घटाएकी थिइन्। दोषी शिक्षकले बालबालिकालाई नाइट्रेटको रुपमा विष दिएका थिए ।

 

यसपछि २०२० मा नै सजाय भोगेका आरोपी शिक्षकलाई प्रहरीले हिरासतमा लिएको थियो। तर, ३९ वर्षीय वाङ युनले सन् २०२० को सेप्टेम्बरमा सुनाइएको सजायको विरुद्ध हेनान प्रान्तको जियाओजुओ सिटी इन्टरमिडिएट पिपुल्स कोर्टमा अपिल गरे जुन अदालतले खारेज गरिदियो।पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा युनले खाजामा जहर मिसाएको खुलेको थियो।

 

स्कुलकी अर्की कर्मचारीसँग भएको झगडापछि ती कर्मचारीलाई फसाउने उद्देश्यका साथ युनले खाजामा सोडियम नाइट्राइट मिसाएकी थिइन्। सोही आरोपमा जियाओजु अदालतले उनलाई सेप्टेम्बर २०२० मा फाँसीको सजाय सुनाएको थियो।