२०८१ पुष २१ , आइतवार

मःम खाने प्रतियोगिता आयोजना गर्दा चिनियाँ रेष्टुरेन्ट ठूलो समस्यामा

सुनाखरी न्युज  / काठमाडौं –  सबैभन्दा धेरै मःम खाने प्रतियोगिता आयोजना गर्ने चीनको एक रेस्टुरेन्ट समस्यामा परेको छ । यो प्रतियोगिताका कारण चीनमा खाद्यान्नको बर्बादी रोक्न बनेको कानुनको उल्लंघन भएको मानिएपछि रेस्टुरेन्टबारे अहिले अनुसन्धान भइरहेको छ ।

 

प्रतियोगितामा सबैभन्दा कम समयमा १०८ वटा मसलाले भरिएको मोमो खाने व्यक्तिले एक पटक निस्शुल्क खाना र ‘ठूलो पेटको राजा’ को उपाधि पाउनेछन् । तर यो भाइरल चुनौतीले मानिसहरूलाई भ्रमित पार्‍यो । जसका कारण मानिसहरूले चाहिनेभन्दा धेरै खाना अर्डर गरे तर खान सकेनन् र धेरै खाना खेर गयो । सन् २०२१ मा चीनमा खाद्यान्नको बर्बादी रोक्न कानुन ल्याइयो । तर, दुई वर्ष बितिसक्दा पनि यो ऐन कार्यान्वयन गर्न जनताले संघर्ष गरिरहेका छन् ।

 

चीनमा गरिएको एक सर्वेक्षण अनुसार देशका होटल र रेष्टुरेन्टमा हरेक वर्ष कम्तिमा ३ करोड ४० लाख टन खाना बर्बाद हुने गरेको छ ।गत वर्ष पनि फुजियान प्रान्तको एउटा रेस्टुरेन्टले आधा घण्टाभित्र ३० किलो बर्गर खाने चुनौती दिएको थियो । यो रेस्टुरेन्टविरुद्ध पनि अनुसन्धान भइरहेको छ । बीबीसी