२०८१ मंसिर ९ , आइतवार

घट्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य, अव स्वचालित मुल्य प्रणाली लागु हुने

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले  आइतबार राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।

ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ । निगमले पत्रकार सम्मेलनमार्फत मूल्य घटाएकोबारेमा जानकारी गराएको हो ।

 

यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५-१५ दिनमा इन्धनको मूल्य सूची आउँछ ।