सुनाखरी न्युज / काठमाडौँ – श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा यूएईले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।
पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोड्यो ।
यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रनको योगदान गरे । इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १(१ विकेट लिए ।