२०८१ माघ २ , बुधवार

विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने

सुनाखरी न्युज /  काठमाडौं –  जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

 

राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ इलाम र ढुण्डीराज पौडेल अर्घाखाँची तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी स्याङ्जा र गिरीराज आचार्य धरानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो । मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो ।

 

पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ । रासस