सुनाखरी न्युज/ काठमाडौं । अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ। तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यहि क्रम मा बढिरहेको छ।
प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडी संग साट्ने क्रम बढ्दो छ। ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर श्रावणको दोश्रो हप्ता ८ गते सोमबार देखि सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा मनसून म्याजिक नाम दिईएको एक्सचेन्ज क्याम्प शुरु हुँदैछ।
उक्त कार्यक्रमका प्रमुख विशेषताहरु यस प्रकारका छन् :
• जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी संग साट्न सकिने व्यवस्था
• एकै ठाउँबाट तपाईको गाडीको मुल्यांकन
• न्युनतम चार लाखको गाडी मुल्यांकन
• एकै ठाउँमा ईन्स्योरेन्सको सुविधा
• ८०% सम्म नयाँ गाडी फ़ाइनान्सिङ्गको सुविधा
• गाडी सम्बन्धि दक्ष द्वारा परामर्श तथा सल्लाह सुझाव
• नयाँ गाडीको बूकिंग तथा मुल्यांकन संगै आकर्षक उपहार
• निशुल्क गाडीको थप एक्सेसोरिज
यहि आउने हप्ता श्रावण महिनाको ८ गते देखि एक हप्ताभरि काठमाडौँ लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरु मा “मनसून म्याजिक” विशेष एक्सचेन्ज क्याम्प संचालन हुँदैछ। सोमबारदेखि शुरु हुने गरि विशेष एक्सचेन्ज क्याम्प संचालन भईरहेको हुँदा सबै ग्राहकवर्गहरुमा दिईएको लिंकमा https://tatacars.sipradi.com.np/inquiry रेजिस्टर गर्न अथवा शोरुम पाल्नुभई आफ्ना गाडीलाई टाटा मोटर्स का सर्वाधिक रुचाइएको विद्युतीय गाडीहरुसंग साटेर फाइदा उठाउन हुन आमन्त्रण गरिएको छ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी र टिगोर ईभी संग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुम मा ईन्स्योरेन्स सुविधा, बैंकिंग सुविधा का साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ। टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाईनेछ।
यो कार्यक्रम सिमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ। थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सकिनेछ वा फोन बाट नी सम्पर्क गरी बुझ्न निशुल्क रुपमा ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्नुहोस।