२०८१ पुष २० , शनिवार

५० भन्दा बढी भेडा बाख्रा पाल्ने कृषक नगदसहित सम्मानित

 

सुनाखरी न्युज  /काठमाडौं –  हिमाली जिल्ला मुगुमा पशुचौपाया पाल्ने किसानहरुलाई प्रोत्साहित गर्ने नीति लिइएको छ । यस क्रममा चार स्थानीय तहमा रहेका उत्कृष्ट ५३ जना कृषकहरुलाई नगद १८ हजार र प्रमाण पत्र खादा सहित सम्मानित गरिएको छ । हिमाली जिल्लामा ५० भन्दा बढी भेडाबाख्रा पालन गर्ने कृषकहरुलाई सम्मान तथा पोषण सेवा दिन थालेपछि मुगु जिल्लामा भेडाबाख्रा पाल्ने कृषकहरुको संख्या बढेको छ ।

 

आ।व। ०७९।०८० मा मुगुमा रहेका चार स्थानीय तहमा उत्कृष्ट ५३ जना कृषकहरुलाई नगद १८ हजार र प्रमाणपत्र तथा खादासहित पुरस्कृत गरिएको छ ।हिमाली जिल्लामा ५० भन्दा बढी भेडाबाख्रा पालन गर्ने कृषकहरुलाई सम्मान तथा पोषण सेवा दिन थालेपछि मुगु जिल्लामा भेडाबाख्रा पाल्ने कृषकहरुको संख्या बढेको छ । आ।व। ०७९।०८० मा मुगुमा रहेका चार स्थानीय तहमा उत्कृष्ट ५३ जना कृषकहरुलाई नगद १८ हजार र प्रमाणपत्र तथा खादासहित पुरस्कृत गरिएको छ ।

 

नगद पुरस्कारसहित सम्मान पाएपछि भेडापालक कृषक खुसी भएका छन । जति दुःख भए पनि थप मिहिनेत गरेर भेडाबाख्रा व्यावसायिक रुपमा पालेर अघि बढ्ने उनीहरूको भनाइ छ ।आउदा दिनहरुमा पशु सेवा कार्यालयले थप कृषक मैत्री नीति ल्याउने, प्रत्यक्ष कृषकको लाभ हुने कार्यक्रम समेत ल्याउने जिल्ला समन्वय समिति मुगुका संयोजक मन्जन बहादुर कार्कीेले बताएका छन । उनले कृषकलाइ थप भेडाबाख्रा पाल्न अनुरोध समेत गरे ।

 

कर्णाली प्रदेश सरकारको पोलिसि अनुसार हिमाली जिल्लाहरुमा ५० भन्दा बढी भेडाबाख्रा पाल्ने कृषकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमअनुसार मुगु जिल्लामा रहेका चार स्थानीय तहमा रहेका ४५६ जना कृषकहरुले निबेदन दिएका थिए । छनोट गर्दा ३९३ मात्र वास्तविक भेडा पाल्ने कृषक भेटिएका थिए भने अन्य नक्कली कृषक भेटिए । तीमध्ये उत्कृष्ट ५३ जना कृषकलाई छनोट गरी प्रदेश सरकारको नीति अनुसार वार्षिक प्रतिकिसान १८ हजार नगद र प्रमाण पत्र सहित खादा लगाएर सम्मान गरिएको पशु अस्पताल तथा पशु कार्यालय मुगुका प्रमुख भिम चन्द्र बुढाले बताए ।