२०८१ पुष २६ , शुक्रवार

विश्व कीर्तिमान बनाउन लगातार ७ दिनसम्म रोए एक नाइजेरियाली युवक

सुनाखरी न्युज  /काठमाडौं – एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका छन् । नाइजेरियाली युवक टेम्बू एबेरेले सबैभन्दा लामो समयसमम आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरिरहेका थिए ।

 

यसका लागि उनले पूरै एक हप्तासम्म रुनै कोसिस गरे र पूरै सात दिनसम्म रोइरहे । तर त्यसको नतिजा सुखद निस्किएन । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए ।

 

स्थानीय मिडियासँगको कुराकानीमा उनले भनेका छन् – मैले आँसु बगाउने काम रोक्नुपयो किनकि यसत्रममा मैले गम्भीर स्वास्थ्य समस्याहरुसँग जुध्नुपर्‍यो । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें ।सुन्निएको आँखाको भाग अहिलेसम्म ओर्लिएको छैन । तर उनको नाम गिनिज वल्र्ड रेकर्डको किताबमा दर्ता भएन किनकि उनले यसका लागि आवेदन नै नगरेको पाइएको छ ।