२०८१ मंसिर १० , सोमवार

गेटवे कलेज र काठमाडौ जिल्ला भलिबल संघको सहकार्यमा सामुदायिक विद्यालयलाई भलिबल वितरण

सुनाखरी न्युज/ काठमाडौं । गेटवे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टकाे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायीक तथा संस्थागत विद्यालयहरूलाई भलीबल वितरण गरिएको छ। बसुन्धारा स्थित ‘गेटवे कलेजमा’ एक कार्यक्रमका बिच भलिबल बितरण गरेको हो।
No description available.
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला प्रमुख अतिथि रहनुभयो। भने राष्ट्रिय भलिबल संघका सचिव बिनोद सुवेदी, गेट वे कलेजका संस्थापक अध्यक्ष सुरेश के.सि लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रमको सभापति काठमाडौ जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलले गर्नु भएको थियो ।  कार्यक्रममा बुडानिलकण्ठ र कागेश्वरी मनहरा नगरपालिकाका ६ सामुदायिक बिद्यालयका शिक्षक र खेलाडीहरुको उपस्थित  रहेको थियो। भलिवल सामाग्री थेरै भएपनी बिद्यालय विद्यार्थीहरुको खेल्ने उजागरलाई उत्प्रेरित गर्नको लागि भलिबल वितरण कार्यक्रम राखेको आयोजकले बताए ।
No description available.
त्यसैगरी कार्यक्रममा गेट वे कलेजका संथापक अध्यक्ष सुरेश के.सि ले नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तारको लागि गेट्वे कलेज सधैँ तयार रहेको बताउनुभयो। उहाँले सरकारि र सामुदायीक विद्यालयमा समानता हुनुपर्ने भन्दै सरकारी संस्थामा मैदान छ, सामाग्री छैन, संथागत बिद्यालयमा सामाग्री छ तर मैदान छैन। त्यसलाइ सामुहिक तरिकाले समाधान गरी विद्यार्थीहरुलाइ खेलप्रती जागरुक बनाउन सकिने बताउनु भयो। एक अर्को प्रसंगमा बिदेश जाने प्रवृत्तिलाई कम गर्न उहाँले न्यून आय भएका सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पढ्नको लागि पैसा नभएपनी गेटवे कलेजमा आउनु भन्दै BHM पढाउने जिम्मेवारी आफ्नो संस्थाले लिने बताउनुभयो। उहाँले विद्यार्थीहरुलाइ छात्रवृत्ति दिएर जिम्मेवारी पुर्वक पढ्ने बातावरण निर्माण गर्ने र पढ्दापढ्दै पनि रोजगार दिएर शुल्क तिर्नसक्ने बाताबरण बनाउन तयार रहेको समेत बनाउनुभयो। यस कलेजमा पुर्वाञ्चल विश्वविद्यालयअन्तर्गत BHM पढाइ हुँदै आएको छ।
No description available.
उपस्थित भएका सम्पूर्ण प्रिन्सिपल, विद्यार्थी,शिक्षक,खेलाडी, पत्रकारहरूलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने जिल्ला भलीबल संघ काठमाडौँका अध्यक्ष सुदर्शन जमकटेलले कार्यक्रमको समापन गर्नु भएको थियो ।