२०८१ मंसिर ८ , शनिवार

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गहरुको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ ।

 

हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केहीकम गर्ने उदेश्यले सिप्रदीर टाटा मोटसर््को संयुक्तपहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएकोहो । अब ग्राहकवर्गहरुले पहिलेको दाँजोमा कममूल्यमैटाटा जेन्यूइन पार्ट्सहरु प्राप्तगर्न सक्नेछन् ।

कम्पनीकाअनुसार सिप्रदीको ग्राहकमुखिअवधारणाअनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरुले सिप्रदीकावर्कशपहरुमाअनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँचगर्दा कमखर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नुहुनेछ। यस मूल्य समायोजन पश्चातग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मकप्रभाव पर्ने विश्वास लिइएको छ । समायोजित मूल्ययहि मिति २०८० श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर,आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमालागु भएको छ।

साथै सिप्रदीसर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान् गर्दे आईरहेकोछ । अन्यसेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्नसकिनेछ ।

सिप्रदीका बारेमा
देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ४१बर्ष देखि यो व्यवसायमा संलग्नसिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तिय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ ।सन् १९८२ देखि टाटा मोटर्स्को एकमात्रबिक्रेतासिप्रदी टेड्रिङ्ग ISO 9001:2015 प्रमाणित कम्पनीहो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ ।

 

टाटा मोर्टर्सका सम्पूर्ण रेन्जकाप्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रिवितरण गर्न सिप्रदीको नेपालभर २७ वटा बिक्रिकार्यालयहरु र ५३ वटा सर्भिस सेन्टरहरू रहेका छन। साथै देशभर २६९ वटा स्पेयर आउटलेटहरू रहेका छन्। सिप्रदी एक्साइड ब्याट्रीज, म्याकलुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो ।