२०८१ पुष २२ , सोमवार

यी हुन् संसारका १० बस्न लायक शहरहरु , एसियामा टोकियो मात्रै

सुनाखरी न्युज /  काठमाडौं – द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट इआइयूले गरेको गरेको अनुसन्धानले विश्वको एक सय ४० सहरमाथि गरेको अध्ययनबाट सन २०२१ को बस्नलायक सहरको सूची सार्वजनिक गरेको हो ।

 

पहिलो नम्बरमा अष्ट्रियाको भियना सहर रहेको छ । अस्ट्रियाको राजधानी लाइभबिलिटी इन्डेक्समा नम्बर एक स्थानको लागि अपरिचित छैन, स्थायित्व, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधारमा उत्कृष्ट स्कोरको साथ भियना पहिलो नम्बरमा आएको हो ।रोपका देशहरूमा भाइरस संक्रमण तीव्र देखियो । त्यसका रोकथामका लागि कडाभन्दा कडा लकडाउन लागू गरिए । यस्तै, ती देशहरूमा सर्वसाधारणलाई भ्याक्सिन लगाउने कार्यक्रम पनि सोचेजस्तो छिटो भएन । यही काम प्रभावकारी रूपमा गरेका सहरहरू यो वर्ष बस्नलायक सहरको सूचीमा अघि देखिएका हुन ।

 

सूचीको दोस्रो स्थानमा जापानको ओसाका सहर रहेको छ । तेस्रो स्थानमा अस्ट्रेलियाको एडिलेड रहेको छ । न्युजिल्यान्डको वेलिङटन र जापानको राजधानी टोकियो त्यसपछि छन् । शीर्ष दशभित्र बेलायतको कुनै पनि सहर परेका छैनन् ।दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन र तेस्रो नम्बरमा अष्ट्रेलियाको मेलबर्न रहेको छ । चौथोमा क्यानडाको भ्यानकुभर र पाँचौमा जापानको ओसाका सहर परेको छ ।

 

शीर्ष १० सहरको सूचीमा एसियाको एकमात्र सहर जापानको ओसाका परेको हो । छैठौँ नम्बरमा न्युजिल्याण्डको अकल्याण्ड परेको छ, यस्तै सातौँ नम्बरमा अष्ट्रेलियाको सिड्नी, आठौंमा स्विट्जरल्याण्डको जुरिच, नवौँ र दशौँ नम्बरमा पनि क्यानडाका सहर परेका छन्।