सुनाखरी न्युज/ काठमाडौं । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका मोहन भण्डारीलाई छन् ।
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट २०७९ माघमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । घटना भएको मितिदेखि नै आरोपित भण्डारी फरार थिए ।
बानेश्वरमा लुकेर बसेको सूचनाको आधारमा उनी पक्राउ परेका हुन् ।