सुनाखरी न्युज/ काठमाडौं । सिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम ल्याइएको हो ।
मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसइईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरूलाई लक्षित गरी उक्त एसइई परीक्षामा ३.६ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार रुपैयाँ, दोस्रो हुनेलाई तीन हजार पाँच सय रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ रहेको छ । साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा एक हजार पाँच सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने जनाएको छ ।