२०८१ मंसिर ७ , शुक्रवार

मान्छे समवेदनाशून्य , भावनाशून्य र हृदयहीन कसरी बन्छन ?

गाेपी ढकाल – शरीरकाे हरेक मेरूदण्डीय चक्र हरूलाई मस्तिष्क ब्रह्मरन्ध्रले नै सञ्चालन र परिचालन गर्ने भएकाले साताैं चक्रका रूपमा रहेकाे सहस्रार चक्रलाई सबै चक्रहरूकाे महाराजा भनिन्छ । त्यसैकारण सहस्रार ( सहस्रदल कमल ) चक्रलाई श्रीमद्भागवत गीताले विशुद्ध ब्रह्म भनेकाे छ ।

 

सहस्रार चक्रकाे मन्त्र हाे — ॐ जसलाई ब्रह्माण्डको पहिलो नाद र परमात्माकाे गीत भनिन्छ । ओमकाे मन्त्राेचारण सहित ध्यानमा एकाग्रता भएपछि समस्त सृष्टिबाट मान्छेले परमानन्दकाे सुगन्धित आनन्द प्राप्त गर्छन । ॐकारकाे ध्यानमा लिन भएपछि ध्यानमग्न मान्छेहरू ब्रह्माण्डीय बगैंचामा खेल्न थाल्छन र सूक्ष्म परमाणुरूपी फुलकाे मधुरतामा रमाउन थाल्छन ।

 

त्यसरी ब्रह्माण्डीय चेतना प्राप्त गरेपछि त्यस्ताे मान्छे स्वयं शरीरमा मात्र सीमित , मस्तिष्क सम्म मात्र विस्तृत र सहस्रदल प्रकाशकाे किरणकाे मात्र अनुभव गर्दैन । अपितु उसकाे सच्चा अन्तर्ज्ञानकाे शक्ति द्वारा आफ्नाे तुच्छ शरीरको प्रत्येक कणमा परमात्माका साथ नित्य प्रस्फुटित हुँदै नृत्यको आनन्द अनुभव गर्छन । यस्ताे आत्मसाक्षात्कार लाई नै सहस्रार चक्र सुचक्र भएकाे शुद्ध प्रतिबिम्ब भनेर बुझ्नु पर्दछ ।
ज्ञान , ध्यान , याेग र प्राणायाम बाट मान्छेले प्राणशक्ति , आत्मशक्ति , इच्छाशक्ति , विवेकशक्ति , सङ्कल्पशक्ति र आध्यात्मशक्ति प्राप्त गरेपछि उसकाे मस्तिष्क ब्रह्मरन्ध्रमा दिव्यज्ञान सहितले हरेक कामना पूर्तिगर्ने कामधेनु गाई प्रकट हुनेछिन । उनै गाईले हरेक इच्छा पूरा गर्ने प्रसन्नतारूपी दुधकाे नाना परिकार दिएर मेरूदण्डीय चक्र हरूलाई सन्तुष्ट गराउदै स्वास्थ्य राख्ने काम गर्छिन ।

 

सहस्रार चक्र लाई आफ्नै कर्मले बक्र रेखामा हिडाउने मान्छेहरू जब विवेकशून्य हुन्छन …. त्यसपछि आफ्नाे विचारलाई आफ्नै कर्मसंग लगेर सामंजस्य गर्न असमर्थ हुन्छन । त्यसपछि आफैंलाई क्ष- किरण ( x – ray ) बाट हेर्दै आफुले आफैंलाई भराेसा नगर्ने हुन्छन । जब आफुले आफैंलाई भराेसा गर्दैन भने त्यस्ताकाे पछि पछि ख्वामित भन्दै दाैढने मान्छेलाई नै महाभारतमा धृतराष्ट्र भनिएकाे हाे — जाे आँखा भएर पनि आफ्नै दुष्कर्मले अन्धाे मानिन्छन ।
कहिले सत्ताकाे मद , कहिले पदकाे अहंकार , कहिले सम्पत्तिको माेह र कहिले कुर्सी गुमेकाे ईर्ष्याले ज्वलन हुँदै अताेषनीय इच्छापूर्ति , कामवासना , व्यक्तिगत सुख , सन्तुष्टि र कामेन्द्रिय तृप्तिका लागि अन्तहीन प्रयासमा हुन्छन जसलाई महाभारतले दुर्याेधन भनेकाे छ ।
वासनाकाे अर्थ हाे – सुख , सन्तुष्टि र तृप्तिका लागि आफ्नाे इन्द्रियकाे दुरूपयाेग । मदकाे अर्थ हाे – अभिमान वा पागलपन , माेहकाे अर्थ हाे – अहंकाे मूल आसक्ति , अहंकारको अर्थ हाे – छद्मआत्मा जसलाई मायाबाट प्रभावित भनिन्छ र ईर्स्यालाई – भाैतिक आसक्ति सहितकाे ज्वलन भनिन्छ ।

 

यदि गीतालाई आफ्नाे जीवन र लक्ष्यकाे सन्मार्ग बनाउनकै लागि गीताकाे ठेली खल्तिमा बाेकेर हिड्ने हाे भने सर्वप्रथम इन्द्रियलाई मनले , मनलाई बुद्धिले र बुद्धिलाई विवेकले नियन्त्रण गर्न गहन याेग , ध्यान र प्राणायामकाे माध्यमले मन र प्राणलाई एकाग्रता गराउन सक्नु पर्दछ । किनकि याेगले प्राणशक्ति , ध्यानले इच्छाशक्ति र प्राणायामले आत्मशक्तिमा सिंचन गरि मानव जीवनलाई आत्मसाक्षात्कार गराउदछ ।
शारीरिक , मानसिक , आध्यात्मिक र राजनीतिक रूपमा विजय प्राप्त गर्ने हाे भने सबैभन्दा पहिले आफैंभित्र रहेकाे बुराइकाे बिज नष्टगर्न सक्नु पर्दछ । किन्तु आफ्नाे मस्तिष्क ब्रह्मरन्ध्रमा बुराइकाे बिज पालेपछि त्याे विशाल वृक्ष बन्छ र त्यसकाे छायाँले चेतना र सत्वलाई ढाकेपछि समवेदनाशून्य , भावनाशून्य र हृदयहीन बनेकाे मान्छेले सच्चाई जति सबैलाई दुर्वाशा देख्न थाल्दछ ।

 

अन्तमा गीताकाे ठेली बाेकेर आत्मज्ञान प्राप्त गर्नेहरू भनेका जीवन विज्ञानका अनुयायी हरू मात्र हुन्छन जसले आफ्नाे इन्द्रियलाई नियन्त्रणमा राख्न सक्छन । लालच र लिप्सालाई कर्मेन्द्रियले बांध्न सक्छन अनि आफ्नाे आत्मालाई परमात्मा संग लगेर सम्बन्ध गास्न सक्छन ।
( लेखक:- राप्रपा केन्द्रीय सचिवालय सदस्य हुन )