२०८१ आश्विन ७ , सोमवार

आधुनिक लक्जरी सिनेमा हल सञ्चालनमा

सुनाखरी न्युज /  काठमाडौं  – तीन स्क्रिनसहितको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सञ्चचालनमा आएको छ । तीनवटा अडिटोरियममा ५६० सिटका साथमा सिनेरोयलले आधुनिक कला डेको डिजाइनको उत्कृष्ट नमुना भएको जनाएको छ । अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउन्ड सिस्टम रहेको सिनेमा हलले जनाएको छ ।

 

सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३।२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणाली जडान गरिएको छ ।

 

नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई नयाँ उचाइ दिन अत्याधुनिक प्रविधि, आलिशान सिटिङ, इमर्सिभ साउन्ड र भव्य वातावरणसहित सिनेरोयलले अभूतपूर्व बेन्चमार्क स्थापित गरेको दाबी गरेको छ । नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको बताइएको छ ।