सुनाखरी न्युज / काठमाडौं – सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ । सुन तस्करीमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दावा छिरिङ छन् । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो।
विभागले चलाइरहेको एक साताभन्दा लामो समयदेखि अपरेशनका क्रममा उनलाई पक्राउ गरिएको जनाएको छ। हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।
सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । छिरिङलाई ठमेलस्थित होटल भियनाबाट पक्राउ गरिएको हो। उनले नेपाली नागरिकता र राहदानी समेत लिएका छन्।