२०८१ पुष २७ , शनिवार

काठमाडौंको कमलादीमा सामसङले संचालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

Capture (12)

सुनाखरी न्युज/ काठमाडौं । सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । अगस्ट १, २०२३ देखि संचालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सिइओ जोङ बुमपार्कले गर्नु भएको हो ।

नेपालको लागि सामसङ मोबाइलफोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँप्रिमियम स्टोर संचालनमाल्याइएको हो । यो प्रिमियमएक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरुले आफूले खरीदगर्न चाहेको मोबाइलको बारेमाव्यापकविविधताप्राप्तगर्ने सुविधालेउनीहरुलाई खरीदको निर्णय गर्न सहजहुनेछ ।

यो ब्राण्ड स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउनेछ । ग्राहकहरुले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध इको्सिस्टम जस्तैः ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाचहरु, ट्याब्लेटहरु, सामसङ मोनिटरहरु, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

 

स्टोरमा गेमिङमाअभिरुची राख्ने आजकायुवाहरुलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनिव्यवस्थागरिएको छ । स्टोरमाग्राहकहरुले सामसङका उत्पादनहरुलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाई अनुसारको सामानहरुसजिलै खरीदगर्न सक्नेछन् ।

 

स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनिलाभलिन सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स एक झmँभटरहित, मासिककिस्तामा शुन्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो । यसले ग्राहकहरुलाई सहजकर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङको सामानहरु खरीदगर्न वा न्यूनतम मुल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन् । यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरुलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वासछ।