२०८१ मंसिर १३ , बिहिवार

प्रभु बैंक र भि.जि. इम्पेक्सप्रा.लि. बिच इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

Capture (19)

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बीचविद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टलेउक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक रभि.जि. इम्पेक्स प्रा.लि. बिच सम्पन्नउक्त सम्झौता अनुसारभि.जि. इम्पेक्स प्रा.लि. बाटआयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहक महानुभावहरुले खरिद गर्दाछिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

 

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।