२०८१ मंसिर १२ , बुधवार

क्यानडाका प्रधानमन्त्रीको जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच ‘डिभोर्स’

Justin-with-her-wife-sofiya

सुनाखरी न्युज/ काठमाडौं ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन लागेको जानकारी दिएका हुन् ।

v‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं,’ उनले लेखेका छन्, ‘एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैं परिवारसरह रहने छौं ।’

 

क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् । यद्यपि दुवै सार्वजनिक कार्यक्रमहरुमा देखिने छन् । विगतमा भने उनीहरु सँगै सार्वजनिक कार्यक्रममा कम देखिएका थिए ।

ट्रुडो र सोफीका तीन सन्तान छन् । ट्रुडोले आफूहरुको र बच्चाहरुको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोधसमेत गरेका छन् ।