सुनाखरी न्युज / काठमाडौं – पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको स्वास्थ्य अवस्थामा सुधार भएको छ। उनको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ ।
पेप्टिक अल्सरको शल्यक्रियापछि उनी अहिले मेडिसिटीमा आराम गरिरहेको तथा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
पेटको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।