२०८१ पुष २८ , आइतवार

कामना सेवा विकास बैंक र सन सेक्युरिटिज बीच फाइभइन वान सेवा सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (SEBON)बाट इजाजत प्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा.लि. सँगको सम्झौता गरी फाइभइन वान सेवा सार्वजनिक गरेको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट (DMAT)खाता, सेयर ट्रेडिङ खाता(TMS), सि आस्वा (C-ASBA)र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने छन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहक महानुभावहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशकाविभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवातथा७६ वटा ATM मार्फत ग्राहक महानुभावहरु लाई आफ्नो सेवाहरु प्रदानगर्दै आएको छ । साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दैजाने बैंकको योजना रहेको छ ।

रासस