२०८१ पुष २६ , शुक्रवार

नेपाल ओलम्पियन संघको ‘स्कूल टु ओलम्पिक’ कार्यक्रम आयोजना

olmyic

सुनाखरी न्युज /  काठमाडौं –  नेपाल ओलम्पियन्स संघले बागमती प्रदेशमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले स्कूल टु ओलम्पिक कार्यक्रम सम्पन्न गरेको हो। नेपाल ओलम्पियन्स संघ नेपाली ओलम्पियनहरुको छाता संगठन हो ।

 

कार्यक्रमअघि ओलम्पियनहरुले विद्यालय प्राङ्गणमा वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, दीपक बिष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजालको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गरुङले आफुले पैसा भन्दा पनि राष्ट्रको लागि केही गर्ने र राष्ट्रिय झण्डा अङ्कित जर्सी लगाउने लोभमा फुटबलमा लागेको सुनाए।

 

अन्तरक्रियामा विद्यार्थीले खेलाडीले फुटलबर अनिल गुरुङ र ओलम्पियनहरुसँग अफ्नो जिज्ञासा राखेका थिए।एपीएफ स्कूलका प्रधानाध्यापक युवराज पराजुली र स्कूल इन्चार्ज डीएसपी लक्ष्मी थपलियाले बागमती प्रदेशमा थुप्रै विद्यालय भएपनि यस्तो कार्यक्रमका लागि आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद दिएका थिए।

 

संघले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा स्कूल टु ओलम्पिक कार्यक्रम गरिसकेको छ।ओलम्पियनहरुको जीवनबाट विद्यार्थीहरुले धेरै नै सिक्ने मौका पाएको उनीहरुको कथन थियो ।