२०८१ आश्विन ५ , शनिवार

महिलाका लागि ‘निःशुल्क बस’ सञ्चालन भोटको सस्तो राजनीति गरे : एमाले महासचिव

shankar pokharel

सुनाखरी न्युज  / काठमाडौं –  एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि मात्र बस सञ्चालन गरेकोप्रति टिप्पणी गर्दै समाजलाई कता लैजान खोजेको भन्दै प्रश्न गरेका छन । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विश्वका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेला नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको स्मरण गराउँदै आफूलाई नयाँ शक्ति भन्नेहरूले नै कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् भनेर जिज्ञासा उठ्नु स्वाभाविक रहेको पनि बताएका छन ।

 

‘पञ्चायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलोपटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाबीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिएँ । अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएको उल्लेख गर्दै नेता पोखरेलले महिलाहरुले परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका बताएका छन् । “यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ?”–उनले लेखेका छन् । नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ ।

 

चितवन महिला जागरण र जागृतिको थलो भएको पोखरेलको भनाइ छ ।उत्पादनको काममा परिवारका सदस्यहरुसँग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेलामा ठूलो संख्यमा महिलाहरु परिवारको मूलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । रास्वपाका सभापति लामिछानेले चितवन ३ बाट निर्वाचित भएको सय दिनको अवसरमा आफ्नो निर्वाचन क्षेत्रमा ब्लु बसु सञ्चालनमा ल्याएका थिए । उक्त बस महिलाहरुले मात्र नि:शुल्क प्रयोग गर्न सक्छन ।