२०८१ आश्विन ५ , शनिवार

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

Capture (38)

सुनाखरी न्युज/ काठमाडौं ।
डा सिके रावतले नेतृत्व गर्नुभएको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ ।

भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष÷नगर प्रमुख÷उपप्रमुख÷गाउँपालिका अध्यक्ष÷उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताउनुभयो ।
रासस