सुनाखरी न्युज / काठमाडौं – नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन । पुरुषतर्फ सुरज रानामगर र महिलातर्फ उषा खनालले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपालका दुवै खेलाडीले एउटै स्पधौ एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने नेपाल साइक्लिङ सङ्घले जनाएको छ । सुरज र उपा दुवै चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औँ दक्षिण एसियाली खेलकुद ( साग) मा एमटीबी क्रस कन्ट्री स्पर्धामै रजत पदक जितेकी थिइन् ।
व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्ने छ।नेपाली टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।