२०८१ पुष २८ , आइतवार

सिद्धार्थ बैंकको नाफा तीन अर्बभन्दा बढी

siddharatha bank

सुनाखरी न्युज /  काठमाडौं –  सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९र८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ९।९१ प्रतिशतले बढेको हो ।

 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको ५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ। यस्तै, समीक्षा अवधिमा बैंकले खुद नाफा २३।९७ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रुपैयाँ कमाएको बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

 

अघिल्लो वर्ष १ अर्ब ३५ करोड ९८ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य नाफा संचित गरेको बैंकको यसपटक ४१।४८ प्रतिशतको गिरावट आएको हो ।बैंकको खराब कर्जा बढेर २।०१५ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २।०४ रुपैयाँले बढेर २२।६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०।७३ रुपैयाँ रहेको छ ।