२०८१ माघ १ , मंगलबार

विन्ध्यवासिनी मा.विमा विभिन्न कार्यक्रम सम्पन्न

365249013_3489019514670693_30333

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा कक्षागत रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

 

विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर अनुरुप कक्षा एक देखि तीनसम्म अग्रेजी भाषाको वादविवाद, कक्षा चार र पाँचमा म्युजिकल चेयर, र कक्षा छ देखि आठका विद्यार्थीका विचमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको ग्रेड शिक्षण सहायक ईन्चार्ज गोविन्द शर्मा पौडेलले जानकारी दिनुभयो ।यस अघि कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपुर्ण रहेको वताउँदै, विद्यालयले क्यालेण्डर नै वनाएर यस्ता कार्यक्रमलाई नियमित गरेको वताउनुभयो ।

 

विद्यार्थी सुप्रिया पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा अग्रेजी विभागका प्रमुख खिमलाल अधिकारी, ग्रेड शिक्षण ईन्चार्ज इन्दु भट्टराई, सहायक ईन्चार्ज गोविन्द शर्मा पौडेल, लगायतले विषयगत क्रियाकलापले विद्यार्थीमा अध्ययनप्रति रुची वढ्ने वताए । सपना रेगमीले संचालन गरेको कार्यक्रममा शिक्षिका सविता अधिकारी, अनिता कोईराला र शारदा वरालले प्रतिष्पर्धी विद्यार्थीको मुल्यांकन गर्नुभएको थियो ।सामुदायिक विद्यालयहरुमा देशभरी नै उत्कृष्ट पहिलो वन्न सफल नमुना विद्यालयले वालवालिका केन्द्रित विभिन्न कार्यक्रम गर्दै आईरहेको वताईएको छ ।