२०८१ पुष २८ , आइतवार

एनआई सी एशिया बैंकको आ.व. २०७९÷८० को चौथो त्रयमासिक वित्तीय नतिजा प्रकाशित

nic asia

सुनाखरी न्युज/ काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरू मार्फत आफ्नालाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआई सी एशिया बैंक लिमिटेडले आ.व. २०७९÷८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्नवित्तीय सूचकांकहरूमा अग्रणी स्थानओगटेको यस बैंकका समग्र वित्तीयविवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९÷८० को चौथोत्रयमाससम्ममाकर्जा व्यवसायतर्फ कुलकर्जा रकम रू.२७१.५९अर्ब पु¥याउन सफलभएको छ । साथै, निक्षेपतर्फ कुलनिक्षेप संकलन रू. ३१४.३१अर्ब पु¥याउन बैंक सफलभएको छ । बैंकले यस त्रयमास सम्ममाखुदमुनाफातर्फ रू.४.६५अर्ब आर्जन गर्न सफलभएकोे छ, जुनवार्षिक विन्दुगतआधारमा१०प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमाप्रतिफल (च्यभ्)१७.०७प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४०.२२आर्जन गर्न बैंक सफलभएको छ । स्व–पूँजीमाप्रतिफल र प्रति शेयर आम्दानी२०वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमानिकै उत्साहजनकनतिजाहासिलगर्न सफलभई निष्कृय कर्जाअनुपातलाई चौथोत्रयमाससम्ममा०.८०प्रतिशतमा सीमित राख्न सफलभएको छ ।

बैंकले आ.व. २०७९÷८० मा ६लाख बढी नयाँग्राहकहरू थपगर्दै ३८लाखभन्दा बढी ग्राहकमहानुभावहरू माझ सेवाप्रदानगर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुलकर्जा लगानीको अंशमाकरिब ८८प्रतिशत सानातथामझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमाकर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमामुलुककासमग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखाकार्यालयहरू, ५५९ एटिएम, १११वटाविस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफलभएको छ ।

 

वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेकादुर्गम जिल्लाहरूमातथाकुनै पनि बैंक तथावित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीयनिकायहरूमाशाखाविस्तार गरी सञ्चालनगर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।