२०८१ मंसिर १२ , बुधवार

धेरै पानी पिउँदा महिलाले गुमाइन् ज्यान

pani 5

सुनाखरी न्युज /  काठमाडौं –  अप्रत्याशित रूपमा धेरै पानी पिउँदा अमेरिकामा ३५ वर्षीया महिलाको मृत्यु भएको छ । एश्ले समर्स नामकी ३५ वर्षकी यी महिला आफ्ना श्रीमान्, ८ र ३ वर्षका दुई छोरीसँग दुई दिनका लागि विकेन्डमा गएकी थिइन । उक्त समयमा उनले गर्मी धेरै भएका कारण २० मिनेटमा २ लिटर पानी पिएकी थिइन् ।डाक्टरहरुका अनुसार पानी पिउनाले मृत्युको कारण विशेष प्रकारको रोग हो । यस प्रकारको रोगलाई हाइपोनेट्रेमिया अर्थात् पानीको विषाक्तता भनिन्छ। मेयो क्लिनिकका अनुसार मानिसको रगतमा सोडियमको मात्रा असामान्य रूपमा कम भएमा यस्तो रोग लाग्ने गर्छ ।

 

पीडित महिलाका जेठा भाइ डेभन मिलरले दुखद अनुभव साझा गर्दै भने, ‘मेरी बहिनीले २० मिनेटमा चार बोतल पानी पिइन् । एउटा बोतलमा आधा लिटर पानी हुन्छ। अर्थात् उनले जम्मा २ लिटर पानी पिइन् । डेभन मिलरले भने कि जब मेरी बहिनी घरमा थिइन्, उनी ग्यारेजमा बेहोस अवस्थामा थिइन्। मेरो अर्की दिदी होलीले मलाई फोनमा यसबारे जानकारी गराइन् ।’यति पानी पिएपछि एश्ले अचानक ढलिन्, त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो र आइसियुमा भर्ना गरियो । तर उनलाई बचाउन भने सकिएन। अस्पतालले एश्लेको अचानक मृत्युको कारण वाटर टक्सिसिटी बतायो ।

 

वाटर टक्सिसिटीको समस्या हुन त निकै दुर्लभ मानिन्छ । कम समयमा धेरै पानी पिउँदा यसमा भएका इलेक्ट्रोलाइट्स रगतमा घोलिने गर्छ । यस्तो अवस्थामा मानिसले थोरै समयमा धेरै पानी पिउँदा मिर्गौलामा बढी पानी जम्मा हुन्छ । जसका कारण पानी विषाक्त हुने गर्छ । मानिस अस्वस्थ महसुस गर्न थाल्छ। मांसपेशी दुख्ने, दुख्ने, वाकवाकी लाग्ने र टाउको दुख्ने समस्या हुन थाल्छ । गर्मीमा यस्तो अवस्था बढी देखिन्छ।