२०८१ आश्विन ५ , शनिवार

 नेताहरुले स्वदेशमै उपचार गराउनुपर्ने नियम लागू गर्नु प्रशंसनीय : डा.लोहनी

dr lohani

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वास्थ्य मन्त्री मोहन बस्नेतले अबदेखि नेपालका राजनीतिक दलका नेताहरुले स्वदेशमै उपचार गराउनुपर्ने नियम लागू गर्नु प्रशंसनीय भएको बताएका छन् ।

सोमबार सामजिक सजालमार्फत लोहनीले स्वास्थ्यमन्त्रीको कदमको प्रशंसा गरेका हुन् । त्यस्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलले दिल्लीमा गरिएको उपचार खर्च सरकारबाट लिएकोमा भने आपित्त जनाएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रपति महोदयले दिल्लीमा भएको उपचार खर्च आफैंले बेहोर्ने भनेर नेपाली जनतालाई भनेपछि अहिले खुसुक्क–लुसुक्क सरकारबाट सबै पैसा लिनु दुर्भाग्य पूर्ण हो । उहाँ समाजबादी र आफूलाई जनतामा समर्पित नेता भन्नु हुन्थ्यो । के यही हो त्याग र सिद्धान्त ? कुरो मिलेन । बरु किस्ताबन्दीमा तिरे हुन्थ्यो होला । तर समाजबादी चिन्तनका प्रखर प्रवक्ता भन्नेले जनतालाई ठाडै ढाँट्ने हो भने अब जनता ले के आश गर्ने ?’