२०८१ आश्विन ७ , सोमवार

भरत छेत्रीको मार्मिक तिज गीत “काली बरिलै” बजारमा

Capture (12)

प्रदिप न्यौपाने/ धनगढी । नेपाली गित संगीतमा छुट्टै पहिचान बनाउन सफल गायक भरत पौडेल छेत्री एसपटक नयाँ तिज गीत बजार ल्याएका छन। तिज गीत “काली बरिलै” भर्खरै सार्वजनिक भएको छ ।

भरत पौडेल छेत्री र सुनिता बुढा को आवाजमा रहेको तिज गीत लय शब्द महेन्द्र रेग्मीले गरेका छन । कुमार के को निर्देशन मा भरत क्षेत्री र एशू भट्टराई को अभिनय मौलिकता हराउँदै गएको बेला मौलिक तीज गीत बजार मा आएको छ यसले व्यवसायीक सफलता नपाए पनि मौलिक कला र संस्कृति को संरक्षण पक्कै गर्ने छ ।

भरत छेत्री अफिसियल च्यानल बाट बजारमा आएको तिज गितले पछिल्लो समय अत्याधिक रुचाईएको छ । हुन त छेत्रीका हरेक गितमा मार्मिकता बोकेका हुनाले बालबालिका देखि बुढाबुढी सम्म सबै ले सुन्न र हेर्न अनि नाच्न सकिने भएकाले पनि छेत्री हरेक नेपाली को मन मा पस्न सफल भएका हुन ।