सुनाखरी न्युज/ काठमाडौं ।
एफडि मोटर्स ग्रान्था ईभीले नेपालको पूर्वी शहर ईटहरीमा सोरुम खोलेको छ। यस संगै अब इटहरीको आधिकारिक विक्रेस्ताबाट स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्कुटरमा जडान गरीएको प्रविधिका कारण स्कुटरमा आकर्षण देखिएको छ । यो स्कुटी नेपालको बाटोमैत्री समेत भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्कुटीको ५ मुख्य विषेशता रहेको छ । स्कुटरमा मुख्य गरी LFP Battery, Side Drive Motor, CAN Controller, 200mm Ground Clearance, Brake Regenerative Features आदि विशेषता रहेको कम्पनीले उल्लेख गरेको छ ।
यो स्कुटी F5 र F5-A गरि दुई मोडलमा उपलब्ध छ । यी मोडलको मूल्य क्रमश २ लाख ६१ हजार ९ सय ९९ र २ लाख ९७ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ।