२०८१ आश्विन ५ , शनिवार

राष्ट्रपति र ईयूका राजदूत बीच भेट

Capture – 2023-08-08T174927.314

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेका छन्।मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ।

साथै राष्ट्रपति पौडेलले युरोपियन युनियनले नेपालको विकास साझेदारका रुपमा पुर्‍याएको योगदान वातावरणमैत्री, समावेशी र समातामूलक विकासका लागि गरेको सहयोगका लागि राजदूत डेप्रेजलाई धन्यवाद दिए।