२०८१ आश्विन ५ , शनिवार

ब्यवस्था परिबर्तन गरेको कांग्रेसले अब समुन्नत नेपाल र सम्मानित नेपालीको आदर्श लाई कार्यान्वयन गर्छ : गिरी

सुनाखरी न्युज/ काठमाडौं ।

कालिकोट बाट सुनाखरी प्रतिनिधि –
नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं नेपाली कां बिशेष अभियान का कालिकोट केन्द्रीय किरण गिरी नेपाल को राजनीतिक ब्यबस्था परिबर्तन गरेको नेपाली कांग्रेसले अब आधुनिक र समुन्नत नेपाल निर्माण गर्दै , समुन्नत नेपाल र सम्मानित नेपाली को आदर्श पुरा गर्ने कुरा बताउनु भएको छ ।

 

नेपाली कांग्रेस ” बिशेष आन्तरिक अभियान ” २० – ३० श्रावण २०८० को क्रममा आज कालिकोट जिल्लामा खडाचक्र नगरपालिका मा आयोजना गरिएको बिशेष आन्तरिक अभियान को कार्यक्रम लाई सम्बोधन गर्नुहुदै कांग्रेस केन्द्रीय नेता गिरीले बिशेष अभियान कार्यक्रम को लक्ष्य र उध्येश्य बारे प्रकाश पार्न्नुभयो र कालिकोट आउनु अगाडि आफिले कालिकोट जिल्लाभर का केन्द्र देखी सबै तह र तप्काका नेताहरु संग समन्वय र सम्पर्क गरेर आएको जानकारी समेत दिनुभएको थियोे । नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि किरण गिरीले जन प्रतिनिधि को भुमिका , तरुण र बिद्यार्थी संघ , महिला संघ को सक्रियता , वडा समिति ,पालिका समिति प्रदेश समिति र जिल्ला कार्यसमिति ले गर्नुपर्ने काम र जिम्मेवारी को बारेमा स्पष्ट पार्नु भएको थियो ।

No description available.
बर्तमान राजनीतिक अवस्था , संगठन को स्थीती र नेपाली कांग्रेस भाबी नीति तथा कार्यक्रमका बारेमा बताउनु हुँदै कंग्रेस नेता गिरीले भन्नुभयो नेपाली कांग्रेस एउटा जिबन्त लोकतान्त्रिक पार्टी भएको ले यसका सबै तहका संगठनहरु संस्थागत र पारदर्शी रुपमा गतिशील र चलायमान हुनु जरुरी रहेको कुरा बताउनु भयो । भर्खरै सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति को बैठक द्वारा कांग्रेस मजबुत र उर्जावान भएर अगाडि बढेको बताउनुहुदै केन्द्रीय प्रतिनिधि किरण गिरीले मिसन -८४ सफल पार्न मिसन ८०/८१/८२ र ८३ मा पार्टी संगठन लाई थप उर्जावान र गतिशील बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

No description available.

 

कार्यक्रममा संबोधन गर्दै नेपाली कांग्रेस कर्णाली प्रदेशका कालिकोट प्रतिनिधि मन राज शाही ले संगठन बलियो र मजबुत बनाउन चारबर्से ” रोड म्याप ” प्रस्तुत गर्नुभएको थियो । उहाले कालिकोट मा अब कांग्रेस नयाँ शिराबाट अगाडि बढ्ने जानकारी समेत दिनु भएको थियो ।
आगामी २५ कालिकोट जिल्ला को बैठक आयोजना गरिएको र । सो बैठकमा जिल्ला कार्यसमिति का पदाधिकारी एअं सदस्य हरु , प्रदेश कार्यसमिति का पदाधिकारी तथा सदस्य हरु , ९ वटै पालिका कार्यसमिति का पदाधिकारी तथा सदस्य हरु र पार्टी का जन प्रतिनिधि हरु को समेत उपस्थित रहने कुरा जिल्ला सभापति अम्ब बहादुर शाही ले दिनु भयो ।

 

कालिकोट मा नेपाली कांग्रेस ८२ वडा कार्यसमिति , ९ वटा पालिकाका कार्यसमिति , २ वटा प्रदेश कार्यसमिति र कालिकोट जिल्ला कार्यसमिति को अवस्था र संगठन स्थीतीबरे जानकारी भयो । खडाचक्र नगरपालिका नेपाली कांग्रेस सभापति भानुभक्त आचार्य को सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा ११ वटै वडाका प्रतिनिधिहरु ले सबै वडामा नेपाली कांग्रेस को सांगठनिक अबस्था बताउनु भएको थियो ।