२०८१ आश्विन ७ , सोमवार

अफ्रिकाको किलिमन्जारो आरोहण गर्दै अभिनेत्री दीया पुन

सुनाखरी न्युज/ काठमाडौं ।
अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्ने भएकी छन् । उनले उक्त हिमालको आरोहण २७ साउनबाट थाल्नेछिन् । किलिमन्जारो आरोहणका लागि उनी अहिले अफ्रिका पुगिसकेकी छन् । ५ हजार ८ सय ९५ मिटर उचाइको किलिमन्जारो चढेसँगै उनको ७ महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य मध्य तीन पुरा हुनेछ ।

दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलता पूर्वक आरोहण गरेकी थिइन् । यसअघि उनले ८ हजार १६३ मिटरको संसारको आठौँ अग्लो मनासलु समेत आरोहण गरिसकेकी छन् । सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको उनले आरोहण गरेकी थिइन् ।