२०८१ कार्तिक २९ , बिहिवार

ओएमजी २ विवादमा , अक्षयलाई थप्पड हान्नेलाई २० लाख पुरस्कार

ashkay kumar

सुनाखरी न्युज /  काठमाडौं –  शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ओएमजी २ लाई लिएर विवाद सुरु भएको छ । अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ।

 

धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान भनेका छन्। अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दू संगठनले अभिनेतालाई थप्पड मार्नेलाई २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।

आगराको एक हिन्दू संगठनले भगवान शिवको दूतको भूमिका खेलेर जनताको भावनामा चोट पुर्‍याउने बलिउड सुपरस्टारलाई थप्पड हानेलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

 

अर्कोतर्फ, राष्ट्रिय हिन्दू परिषद भारतले बिहीबार अक्षय कुमारको पुत्ला र फिल्मको पोस्टर जलायो र सिनेमाघर अगाडि प्रदर्शन गर्न पनि पछि नहट्ने बताएको छ । फिल्मको आलोचना गर्ने र भावनासँग खेलबाड गर्ने कार्य पाप भएको उनको भनाई छ ।

 

‘ओएमजी’ सन २०१२ मा रिलिज भएको थियो र यसको दमदार कथाका कारण यो फिल्मले बक्स अफिसमा धेरै कमाई गरेको थियो । योसँगै चलचित्र ‘ओएमजी २’ को सिक्वेल पनि हलमा रिलिज भएको छ ।