२०८१ पुष २७ , शनिवार

दाँतमा किरा लाग्यो ? नआत्तिनुहोस् , यसरी मिल्नेछ आराम

kira (1)

सुनाखरी न्युज  / काठमाडौं –  प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ । जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो । दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ । दाँत शरीरको एक महत्त्वपूर्ण अंगमध्ये एक हो ।

 

दाँत दुख्यो भने खाना खान त परै जाओस्, पानी पिउन पनि मुस्किल हुन्छ । त्यसैले दाँतको विशेष ख्याल राख्नुपर्छ । दाँतमा किरा लाग्नु पनि एक सामान्य समस्या हो । तर यो सामान्य समस्याले धेरै नै दुःख दिइरहेको हुन्छ । विशेष गरी बालबालिकालाई । दाँतमा किरा लाग्नुको मुख्य कारण भनेको बिस्कुट –टफी र अन्य गुलियो खानेकुराको अत्यधिक सेवन हो ।

 

दाँतबाट किरा हटाउने घरेलु उपाय

– पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ ।

-किरा लागेको दाँतमा ल्वाङको तेल लगाउनुहोस् र केही बेरका लागि यत्तिकै छोड्नुहोस् । नियमित यस्तो गर्दा किराबाट छुटकारा   पाइनेछ र दाँत पनि स्वस्थ रहन्छ ।

 

-दाँतलाई सफा गर्न निम पनि असरदार छ । निमलाई नियमित चपाउँदा दाँत र गिजा बलिया हुन्छन् । नियमित रूपमा सही तरिकाले   दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । निमको पातले प्लाक हटाउन मद्दत गर्छ ।

 

-हिङको पाउडरलाई पानीमा हालेर उमाल्नुहोस् । त्यसपछि मनतातो भएपछि यो पानीले कुल्ला गर्नुहोस् । यस्तो गर्दा दाँतमा लागेको   किराबाट छुटकारा पाउन सकिन्छ ।

-फिट्किरी पाउडरलाई सिरे नुन मिसाउनुहोस् । त्यसपछि ब्रसको मद्दतले यो सम्मिश्रणलाई दाँतमा लगाउनुहोस् । दैनिक जसो यसो गर्नुभयो भने दाँतको दुखाई छिट्टै कम हुनेछ ।