२०८१ आश्विन ७ , सोमवार

निर्देशक रामबाबुले फिल्म ‘डिग्री माइला’ बनाउँदै

dgree malala

सुनाखरी न्युज  / काठमाडौं –  चर्चित फिल्म ‘कबड्डी’ शृंखलाका निर्देशक रामबाबु गुरुङको निर्देशनमा नयाँ फिल्म ‘डिग्री माइला एमए थर्ड क्लास’ बन्ने भएको छ। निर्माण कम्पनी बाँसुरी फिल्म्सले आगामी वैशाख १ गते दयाहाङ राई स्टारर फिल्म रिलिज हुने जानकारी दिएको छ ।निर्देशक गुरुङले सोमबार फेसबुकमा एक पोस्टमार्फत फिल्मको टाइटल घोषणा गरेका हुन्।

 

फिल्ममा मुख्य भूमिका अभिनेता दयाहाङ राईको हुनेछ। दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित फिल्म अहिले निर्माणको क्रममा छ । फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे छन् । फिल्ममा रामबाबुकै पटकथा लेखन रहेको छ ।

बाँसुरी फिल्म्स्को निर्माणमा बन्ने यो फिल्म कमेडी विधामा आधारित रहनेछ। फिल्म आगामी २०८१ सालमा रिलिज गर्ने निर्देशक गुरुङले बताए। दसैं अगाडि नै छायाँकनमा जाने तयारी पनि निर्माण टिमले गरिरहेको छ। ‘दसैंअगाडि र मंसिर गरी दुई पटक जान्छौँ। अहिले भने कथामै काम भइरहेको छ,’ गुरुङले भने। रामबाबु अर्को फिल्म ‘कबड्डी ५’ निर्माणको तयारीमा समेत छन ।