२०८१ आश्विन ७ , सोमवार

उत्कृष्ट अभिनेता बने अनमोल केसी

anomal k c

सुनाखरी न्युज /  काठमाडौं –  अमेरिकाको न्यूयोर्कमा सम्पन्न छैटौँ ग्लोबल नेपाली फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेतातर्फको पुरस्कार अभिनेता अनमोल केसीले जितेका छन् ।शनिबार क्विन्सको मेलरोज बलरुममा सम्पन्न समारोहमा विभिन्न विधा अन्तर्गत चलचित्र तथा कलाकर्मी मध्ये सर्वोत्कृष्टलाई पुरस्कार वितरण गरिएको हो । यसैगरि चरित्र अभिनेता पुरुषतर्फ वरिष्ठ कलाकार सुनिल थापा तथा चरित्र अभिनेत्रीको पुरस्कार प्रियङ्का कार्कीलाई प्रदान गरिएको छ ।

 

चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिएको हो । अमेरिकाको विभिन्न राज्यहरु कोलोराडो, क्यालिफोर्निया राज्यहरूमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने छैठो संस्करण २०२३ मा न्यूयोर्क राज्यमा भव्य कार्यक्रमबीच समापन भएको छ ।

 

चलचित्र दीर्घ साधना सम्मान ४० वर्ष सम्म चलचित्र उद्योगमा योगदान गरे बापत शिव श्रेष्ठलाई प्रदान गरिएको छ ।सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार स्वस्तिमा खड्काले जितेकी छिन् । तर उनी समारोहमा भने अनुपस्थित थिइन् । यसैगरी चरित्र अभिनेता पुरुषतर्फ वरिष्ठ कलाकार सुनिल थापा तथा चरित्र अभिनेत्रीको पुरस्कार प्रियङ्का कार्कीलाई प्रदान गरिएको छ ।

 

यस्तै अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको छ । सुवास बि थापालाई डायसपोरा अभिनेताको पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट निर्देशकमा सन्तोष सेनलाई प्रदान गरिएको छ भने प्रेमगीत ९३ ले उत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ ।

 

यसैगरी विभिन्न कलाकर्मीहरू मध्ये अनिल पाण्डे, सन्तोष रामदन, केदार उप्रेती, बिक्रान्त बस्नेत लगायतलाई समेत सम्मान गरिएको थियो ।शनिवार क्विन्सको मेलरोज बलरुममा सम्पन्न पुरस्कार समारोहमा विभिन्न विधा अन्तर्गत चलचित्र तथा कलाकर्मी मध्ये सर्वोत्कृष्टलाई पुरस्कार वितरण गरिएको हो ।