सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.६१ अंकले घटेर दुई हजार ७७ दशमलब २४ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज दुई अर्ब ९ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यस मध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड रहेको छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.४६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।