२०८१ आश्विन ७ , सोमवार

अक्षय कुमारले पाए भारतीय नागरिकता

ashkay kumar

सुनाखरी न्युज  / काठमाडौं –  बलिउड अभिनेता अक्षय कुमारले भारतको नागरिकता लिएका छन्। अक्षय आफैंले ट्वीट गर्दै नागरिकता पाएको जानकारी दिएका हुन् । उनले अब मन र नागरिकता दुवै भारतीय भएको लेखेका छन् । ट्विटरमा भारतीय नागरिकताको प्रमाणपत्र पोस्ट गर्दै उनले यसको जानकारी दिएका छन्। तस्बिरसँगै उनले लेखेका छन्, दिल र नागरिकता दुवै हिन्दूस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।यसअघि उनीसँग क्यानडाको नागरिकता थियो। ७७ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा उनले क्यानडाको नागरिकता र पासपोर्ट त्यागेर भारतको नागरिकता लिएका हुन्।

 

यतिबेला अक्षय कुमार अभिनीत फिल्म ुओ माइ गड २ु प्रदर्शन भइरहेको छ। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।वास्तवमा, जब अक्षय कुमारका ब्याक–टू–ब्याक फिल्महरू भारतमा फ्लप भए, उनले साथीको सल्लाहमा क्यानडामा बस्ने निर्णय गरे। उनले राहदानीका लागि आवेदन दिए र त्यहाँको नागरिकता पाए । एक अन्तर्वार्तामा अक्षयले भनेका थिए, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गरिरहनुपर्छ । म क्यानडामा काम गर्न गएँ ।

 

त्यहाँ मेरो एकजना साथीले मलाई त्यहाँ बस्न सल्लाह दिए र त्यही समयमा मैले क्यानाडाको नागरिकताको लागि आवेदन दिएँ। त्यतिबेला मेरा दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए । भाग्यवश दुबै सुपरहिट भए । त्यसयता म रोकिएको छैन । काम गर्न गए यस अवधिमा मैले यो राहदानी परिवर्तन गर्नुपर्छ भनेर कहिल्यै सोचेको पनि थिएन।’ कफी विथ करणमा अक्षय कुमारले क्यानडाको नागरिकताका कारण धेरैले उनलाई क्यानडा कुमार भन्ने गरेको बताए । यद्यपि उनलाई यस्तो ट्रोलिङमा कुनै आपत्ति छैन ।

 

यता, अहिले हलमा रिलिज भइरहेको अक्षय कुमारको फिल्म ‘ओएमजी २’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन सोमबार १२ करोड कमाएको छ । योसँगै यो फिल्मको कुल कलेक्सन ५५ करोड पुगेको छ