२०८१ आश्विन ५ , शनिवार

राष्ट्रियसभाको बैठक स्थगित

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक स्थगित भएको जानकारी दिनुभयो । सचिवालयले सूचना टाँस गरी राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ ।
रासस