२०८१ आश्विन ५ , शनिवार

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : उपाध्यक्ष महरा

Capture – 2023-08-15T155405.968

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताउनुभएको छ । दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उहाँले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।

“म सन्तुलन मिलाउने व्यक्ति हुँ । सकेसम्म सबै वामपन्थी, सबै माओवादीबीच एकता होेस् । यो देशका राष्ट्रिय शक्ति एक ठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना छ”, उपाध्यक्ष महराले भन्नुभयो । सुन तस्करी प्रकरणमा आफुलाई जोडेपछि उहाँले आज दाङमा पत्रकार सम्मेलन गर्नुभएको हो । सरकारलाई अनुसन्धानमा सहयोग गर्ने उपाध्यक्ष महरालाले स्पष्ट पार्नुभयो ।
रासस