२०८१ आश्विन ५ , शनिवार

मुगुमा जीप दुर्घटना : कांग्रेसद्वारा दुःख व्यक्त

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी मुगु जिल्लाको सोरुकोटबाट गमगढी जाँदै गरेको ज १ च ७७७२ नम्बरको जीप सोमबार दिउँसो सोरु गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।

दुर्घटनामा परी चार जना सख्त घाइते भएका छन् । कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेको छ ।
रासस