२०८१ आश्विन ७ , सोमवार

ग्लोकल टीन हिरो नेपालअन्तर्गत,ग्लोकल २०अन्डर२० को सूची सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं ।
आजग्लोकल टीन हिरो नेपालनवौं संस्करणनमा आवेदनदिने प्रतिभावानकिशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ।ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रमहो। यो किशोरकिशोरीहरूलाई पहिचानगर्ने र उनीहरुको प्रभावकारी काम र युवाअग्रगामीहरूलाई प्रोत्साहनगर्ने एउटा पहलहो ।समाजमा रहेका प्रतिभाशालीकिशोर किशोरीहरूको पहिचान र सम्मानगर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

देशभरिबाट आएको ६८१आवेदनबाटमूल्याङ्कनको सम्पूर्ण प्रक्रियामार्फत २०२३को लागिउनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमाग्लोकल २०अन्डर२० चयनगरिएको छ।

२०अन्डर२० किशोरकिशोरीहरुलेसंगीतकार, विज्ञान उत्साही, सामाजिकउद्यमी,स्वास्थ्यकार्यकर्ता, विज्ञान उत्साही, बालअधिकारकर्मी, लेखकजस्ता विविध क्षेत्रमाकाम गरेर सकारात्मक सन्देश प्रवाहगरिरहेका छन् ।

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ –
– आर्यन सिग्देल,१७,शिक्षक र अभियन्ता
– अतिथअधिकारी,१७, सामाजिकउद्यमी
-अविनाशकुमार पासवान, १७, संगीतकार
– ंदिक्षाभारती, १८, स्वास्थ्यअभियन्ता
– दिवश सर्राफ,१७, सामाजिकअभियन्ता
-माधवखनाल, १८, लेखक
-निराजन रिमाल,१८, विज्ञान उत्साही
-प्रकाश बडु, १५, बालअधिकारकर्मी
– प्रकाशपन्त, १७, गणित उत्साही
-प्रीतिपन्थ, १८, सामाजिकअभियन्ता
-रौशन पंडित,१७,प्राविधिकउत्साही
-रिशमकुमार साह,१८,वातावरण अभियन्ता
-सदीक्षा घिमिरे,१८,स्वास्थ्यअभियन्ता
-सागर बुढा,१७,वातावरण अभियन्ता
-सागर गुप्ता, १७, एआई वैज्ञानिक÷अनुसन्धानकर्ता
-समिपपौडेल,१६,प्राविधिकउत्साही
-श्रुतितिवारी,१८, वातावरण अभियन्ता
-शुभमउप्रेति, १७, कलाकार
-सुमित्राआचार्य,१७,अभियन्ता
-सुशनश्रेष्ठ,१७,अभियन्ता

देश भरिका प्रतिभावानकिशोर किशोरीहरुलाई एकै साथल्याउनहामीसँगबिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमाजोडीनुभएको छ। ग्लोकलप्रालिले शीर्षक साझेदारको रूपमागोल्छा गु्रप सँग साझेदारी गरेको छसरणनीतिक साझेदारको रूपमाग्ल्ज्ऋच्,भारतीयदूतावास, बि पी कोइराला इंडिया– नेपाल फाउन्डेसन्, भारतीयदूतावास, संघीय गणतन्त्र जर्मनीको दूतावासस पार्ट्नरका रुपमाहोन्डा, कोका कोला, नेपाल टेलिकम, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्यागु्रप,डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुसस बैंकिङ साझेदारमानबिल बैंकसआधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमावोर्ल्डलिंकसआतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रपअफ हसपीट्यालीटी र कोजीहोमसएयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्ससशिक्षा पार्ट्नरमा किङ्स कलेजसपीआर साझेदारमाप्रिस्मा एडभरटाईजिंगसचिकित्सा पार्ट्नरमा डाक्टर अन कलससमर्थकमाभ्यू योर् चोइस रहेका छन्।

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमाहुनेछ। चयन भएकायुवाहरुको सम्मानग्लोकल टिन हिरो २०२३को सेप्टेम्बर १, २०२३ माहुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ।