२०८१ पुष २४ , बुधवार

इस्तानबुलमा पानीको अभाव, वचत गर्न आह्वान

turkey

सुनाखरी न्युज  / काठमाडौं –  टर्किएको शहर इस्तानबुलमा पानीको अभाव भएको छ । इस्तानबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन् ।बुधबार नागरिकहरुलाई सुक्खायामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउन सक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन् ।

 

इस्तानाबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँधको भण्डारण दर गत वर्षको अगस्टमा ६१।८७ प्रतिशत थियो। जुन हालको भन्दा झन्डै दोब्बर हो। अहिले घटेर पानी जम्मा ३३।३७ प्रतिशत मात्रै जम्मा भएको छ।

टर्कीको ठूलो शहर इस्तानबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी वचत गर्न आह्वान गरेका छन् ।बुधबार नागरिकहरुलाई सुक्खायामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउन सक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन् ।इस्तानबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१।८७ प्रतिशत थियो । जुन हालको भन्दा झण्डै दोब्बर हो । अहिले घटेर पानी जम्मा ३३।३७ प्रतिशत मात्रै जम्मा भएको छ ।

 

इस्तानबुल वाटर एण्ड सिवरेज एडमिनिस्ट्रेसन ९आईएसकेआई० को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झण्डै आधाले कम जम्मा भएको छ । शहरका लगभग १६ मिलियन नागरिकहरूलाई आईएसकेआईले पानी बचत गर्ने उपायहरूको सूचीसमेत सिफारिस गरेको छ ।

 

जसमा बिग्रिएका धाराहरुबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारी साधनहरु सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्ने लगायतका उपायहरु सुझाएको छ । जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी वचत गर्नसक्ने बताइएको छ । सिन्ह्वा