२०८१ आश्विन ७ , सोमवार

मिस युनिभर्स नेपाल २०२३ का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक

thumb

सुनाखरी न्युज/ काठमाडौं ।
‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् ।

उमंग क्रियसनको आयोजनामा पाँच सय जना प्रतिस्पर्धीहरूमध्येबाट २२ जना अन्तिम प्रतिस्पर्धीहरू शुक्रबार आयोजित एक समारोहका बीच  सार्वजनिक भएका हुन् । २२ जनामध्ये दुई जना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको छ ।

 

‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए । उनले विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वास बढाउन यो उत्कृष्ट अवसर भएको बताए ।

प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा। पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागिता रहेको थियो ।

२२ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट विजेताले नोभेम्बरमा एल साल्भाडोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।