२०८१ पुष २८ , आइतवार

मुल्यवृद्धि नियन्त्रणमा राख्न राष्ट्र बैंक असफल भएकै हो ?

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंक मुद्रास्फीति नियन्त्रण गर्न असफल भएको छ । शुक्रबार प्रकाशित वार्षिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९-८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको लक्ष्य भन्दा ०.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो ।

 

विवरणअनुसार २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९-८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५।.९ प्रतिशत रहेको थियो।

२०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९-८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको केन्द्रिय बैंककले जनाएको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.                                       ८३ प्रतिशत रहेको थियो।

२०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो।

तराइमा उच्च महँगी

केन्द्रिय बैंकको विरणअनुसार क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हेर्दा तराईका उपभोक्ताले धेरै महँगी झेलेका छन् ।